नियम १०९
निर्देशिका र कार्यविधि बनाउन सक्ने

(१) मन्त्रालयले नेपाली सेनासँग परामर्श गरी सैनिक प्रहरी र महिला सैनिकको काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गर्न सैनिक प्रहरी निर्देशिका र महिला सेवा निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) नेपाली सेनाले व्यबस्थापनका विबिध्य पक्षमा आवश्यकता अनुसार कार्यविधि बनाई मन्त्रालयको स्वीकृतिमा लागू गर्न सक्नेछ ।
(३) नेपाली सेनाले विभूषण सम्बन्धी आन्तरिक सिफारिस, प्रधान सेनापति प्रशंसा निशात्त, प्रसंशा पत्र, पुरस्कार ।ग्रेड थप, नगद) सम्बन्धी निर्देशिका बनाई लागू गर्न सक्नेछ ।